close

युवाको लागि लोकसेवा तयारी कक्षा

युवाको लागि लोकसेवा तयारी कक्षा

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने जनाएको हो । 

सूचना अनुसार युवाहरुको लागि लक्षित गरी सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  सूचना अनुसार पालिकाभित्र बसोबास गर्ने इच्छुक व्यक्तिले कक्षामा सहभागी हुनका लागि नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ । 

त्यसका लागि १८ वर्ष उमेर पूरा भएको, कक्षा १२ उत्तीर्ण गरेको तथा सम्बन्धित वडा कार्यालयको सिफारिशसहित आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ ।