close

सहकारीका लागि कोपोमिस

सहकारीका लागि कोपोमिस

Trulli
ADVERTISEMENT

गोरखा । अजिरकोट गाउँपालिकाले कोपोमिसको युजरनेम र पासवर्ड लिन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो लिन अनुरोध गरेको हो । 

सूचना अनुसार गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण सहकारीलाई युजरनेम र पासवर्ड लिन अनुरोध गरेको जनाइएको छ । पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सहकारी संस्थाले आवश्यक कागजात बुझाएर सो लिन सक्ने गाउँपालिकाले जनाएको छ । 

सहकारीको दर्ताको प्रतिलिपि, सहकारीको प्यान नम्बर, इमेल र फोन नम्बर लगायतको कागजात सहित पालिकामा सम्पर्क गर्नुपर्ने सो सूचनमा उल्लेख गरिएको छ ।