close

कृषि कार्यक्रममा सहभागी हुन मोदी सरकारको अनुरोध

कृषि कार्यक्रममा सहभागी हुन मोदी सरकारको अनुरोध

Trulli
ADVERTISEMENT

पर्वत । मोदी गाउँपालिकाले कृषि कार्यक्रम सञ्चालनको लागि आवेदन माग गरेको छ । बुधबार गाउँपालिकाले एक सूचना जारी गर्दै अनुदानमा आधारित कृषि कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार नमुना प्राङ्गारिक कृषि गाउँ स्थापना, मौरी घारमा साझेदारी कार्यक्रम, कृषि यान्त्रिक र कृवि खेती प्रवद्र्धन साझेदारी कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सो कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले अनुदान रकम प्रदान गर्ने  सूचनामा उल्लेख गरिएको छ । 

इच्छुक व्यक्ति ,सहकारी संस्था, फार्म तथा कृषि समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन अनुरोध गरेको छ ।