close

तरकारी खेतीका लागि प्लाष्टिक टनेल अनुदानमा

तरकारी खेतीका लागि प्लाष्टिक टनेल अनुदानमा

Trulli
ADVERTISEMENT

सोलुखुम्बु। नेचासल्यान गाउँपालिका तरकारी खेतीका लागि प्लाष्टिक टनेल अनुदानमा दिने भएको छ। गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै प्लाष्टिक टनेलमा ५० प्रतिशत अनुदान दिने जनाएको थियाे। 

साथै नयाँ आलु पकेट विकास कार्यक्रम र एक वडा एक उत्पादन कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्दै छ। 

अनुदान तथा उत्पादनको कार्यमा सहभागि हुन चाहने इच्छुक कृषक, कृषक समुह तथा फर्म, कृषक सहकारीलाई तोकिएको कागजात सहित सुचना जारी भएको एक हप्ताभित्र उपस्थित हुन पालिकाको अनुरोध छ ।