close

निःशुल्क कृषि चुन वितरण गर्दै पनौती

निःशुल्क कृषि चुन वितरण गर्दै पनौती

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले भोलि (बिहिबार) कृषि चुन वितरण गर्ने भएको छ । नगरपालिकाले माटो परिक्षण गरेको कृषकलाई निःशुल्क कृषि चुन वितरण गर्ने जनाएको छ । 

नगरपालिकाको कृषि शाखाबाट बिहान १० बजेदेखि चुन वितरण गर्न लागेको वरिष्ठ प्रशासनिक अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको माटो परिक्षण तथा कृषि चुन वितरण कार्यक्रम अन्तर्गत चुन वितरण गर्न लागेको हो । 

माटो परिक्षण कार्यक्रममा सहभागी भएका स्थानीयले नमुना पेश गरी कार्यालय आउन अनुरोध गरेको छ । माटो परिक्षणको नमुना पेश गरी चुन र रिपोर्ट लिन सक्ने नगरपालिकाले जनाएको छ ।