close

स्वाथ्य विमामा सहभागी हुन वडा सरकारको अनुरोध

स्वाथ्य विमामा सहभागी हुन वडा सरकारको अनुरोध

Trulli
ADVERTISEMENT

नुवाकोट । बेलकोटगढी नगरपालिकाको वडा नम्बर १३ ले स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । वडा कार्यालयले बुधबार एक सूचना जारी गर्दै विमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार पुष २० गतेसम्म वडाभित्रका सबै स्थानीय बासिन्दाले स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुनु पर्ने छ । २० गतेसम्म स्वास्थ्य विमा कार्यक्रममा सहभागी भएमा फागुन महिनादेखि सेवा लिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवश्यक कागजातसहित वडा कार्यालयमा सम्पर्क गर्न वडा कार्यालयले स्थानीयलाई अनुरोध गरेको जनाइएको छ ।