close

माडीमा शिक्षकको लागि दरखास्त आव्हान

माडीमा शिक्षकको लागि दरखास्त आव्हान

Trulli
ADVERTISEMENT

चितवन । माडी नगरपालिकाले विद्यालयको शिक्षकको लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै माध्यमिक तथा प्राथमिक तहको लागि शिक्षकको दरखास्त आव्हान गरेको हो । 

सूचना अनुसार वडा नम्बर ५ स्थित श्री दिवाकर स्मृति माध्यमिक विद्यालयमा रिक्त पदको शिक्षक माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र नगर शिक्षा शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ  । 

सो सूचना अनुसार प्राविका लागि अस्थायी करार सेवा र माध्यमिक तहका लागि नगर अनुदानमा शिक्षक माग गरेको हो । १८ वर्ष पुगी ४० वर्ष ननाघेका स्थानीय बासिन्दाले आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।