close

परशुराममा १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  हुने

परशुराममा १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  हुने

Trulli
ADVERTISEMENT

 डडेलधुरा । परशुराम नगरपालिकाले नगरपालिकास्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आयोजनामा आउँदो माघ १३ गतेदेखि १६ गतेसम्म परशुराम रंग मैदानमा प्रतियोगिता हुन जनाइएको छ । 

प्रतियोगितामा सहभागी हुन चाहने माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यायलले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन विद्यार्थीहरु कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्षभन्दा मुनीका विद्यार्थी हुनु पर्ने सो नगरपालिकाले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुने विद्यार्थीले अनिवार्य रुपमा जन्मदर्ता पेश गर्नुपर्ने छ । प्रतियोगितामा सहभागी हुन विद्यार्थीको लागि आवश्यक खाना, कपडाको व्यवस्था आफैले गर्नु पर्ने नगरपालिकाले जनाएको छ । 
विभिन्न विधामा खेल प्रतिगयोगिता हुने संयोजक लक्ष्मी विष्टले बताइन् ।