close

कृषि सामाग्रीमा ७५ प्रतिशत अनुदान

कृषि सामाग्रीमा ७५ प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले  ७५ प्रतिशत अनुदानमा इलेक्ट्रिक स्प्रेयर, थोपा सिँचाई सेट र सिल्पाउलिन प्लाष्टिक वितरण गर्ने भएको छ । 

नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै कृषक, कृषि सहकारि तथा कृषि समुहलाई अनुदानको लागि आवश्यक कागजात सहित १५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ । 

कृषकले व्यहोर्नुपर्ने २५ प्रतिशत रकम सहित पालिकाको कृषि शाखामा निवेदन बुझाउनुपर्ने सुचनामा उल्लेख छ ।