close

नौकुण्डमा १२ औ गाउँसभा

नौकुण्डमा १२ औ गाउँसभा

Trulli
ADVERTISEMENT

रसुवा । नौकुण्ड गाउँपालिकामा आगामी सोमबार बाँह्रौँ गाउँसभा गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पुष १४ गते सोमबार गाउँसभा गर्ने जनाएको हो । 

गाउँसभामा सहभागी हुन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष , वडाध्यक्षलगायत सबै जनप्रतिनिधि र सरोकारवालालाई सहभागी हुन अनुरोध गरेको छ ।
 
गाउँसभामा विभिन्न एजेण्डामा छलफल हुने सो सूचनामा उल्लेख गरिएको छ । गाउँसभामा आर्थिक वर्ष २०७९ र ०८० को बजेटको संशोधन, विनियोजना ऐन २०७९ संशोधन, आर्थिक ऐन २०७९ संशोधन र विविध विषयमा छलफल  गर्ने जनाइएको छ ।