close

मकैबाली संरक्षण कार्यक्रममा सहभागी हुन बकैयाको अनुरोध

मकैबाली संरक्षण कार्यक्रममा सहभागी हुन बकैयाको अनुरोध

Trulli
ADVERTISEMENT

मकवानपुर । बकैया गाउँपालिकाले कृषि कार्यक्रममा सहभागी हुन स्थानीयलाई अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममा सहभागी हुन स्थानीयलाई अनुरोध गरेको हो । 

सूचना अनुसार मकै बालि संरक्षणको लागि गाउँपालिकाले गत वर्षका मकैबाली पकेट विकास कार्यक्रम र चालु आर्थिक वर्षको नयाँ मकैबाली पकेट विकास कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

इच्छुक व्यक्ति तथा सहकारी संस्थाले सूचना प्रकासित भएको ३० दिनसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ । माघ १० गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन पर्ने पालिकाले जनाएको छ ।