close

आयोजना माग गर्न ४६० वटै गाउँपालिकालाई अनुरोध

आयोजना माग गर्न ४६० वटै गाउँपालिकालाई अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले समपुरक तथा विशेष अनुदानमा कार्यक्रम पेश गर्न अनुरोध गरेको छ । महासंघले एक सूचना जारी गर्दै मुलुकभरका ४६० वटा गाउँपालिकासँग आवेदन माग गरेको हो । 

सूचना अनुसार समपुरक अनुदान सम्बन्धि (तेस्रो संशोधन) कार्यविधि २०७७ र विशेष अनुदान सम्बन्धि (तेस्रो संशोधन) २०७७ मा व्यवस्था भए बमोजिम स्थानीय सरकारबाट संघीय समपुरक अनुदान तथा संघीय विशेष अनुदान अन्तर्गत आर्थिक वर्ष २०८० र ०८१ मा कार्यान्वयन हुने आयोजना माग गर्न अनुरोध गरेको हो । 

कार्यक्रम वा आयोजनाको लागि प्रस्ताव सहित विवरण तयार गरी पुष मसान्तसम्म राष्ट्रिय योजना आयोगमा आवेदन दिन अनुरोध गरेको जनाइएको छ । सोका लागि महासंघले आवश्यक सहजीकरण गर्ने कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले बताए ।