close

मकै र तरकारी बाली कार्यक्रम सञ्चालन गर्दै पनौती

मकै र तरकारी बाली कार्यक्रम सञ्चालन गर्दै पनौती

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले मकै बाली संरक्षण तथा तरकारीबाली पकेट क्षेत्र कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार चालू आर्थिक वर्ष २०७९/०८० बाट नगरपालिकामा मकै क्लस्टर निर्माण गर्नको लागि आवश्यक व्यक्तिले आवेदन दिन सक्ने छन् । इच्छुक व्यक्ति, संस्था, सहकारी संस्था, कृषि सहकारीले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले मकैको लागि २० लाख र तरकारीको लागि ६ लाख रुपैयाँ बजेट विनियोजना गरिएको जनाएको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।