close

तरकारी पकेट कार्यक्रम सञ्चालन गर्दै गोदावरी

तरकारी पकेट कार्यक्रम सञ्चालन गर्दै गोदावरी

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले गत आर्थिक वर्षको तरकारी वाली कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७८/०७९ को कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । 

सो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले पालिकामा आवेदन दिन सक्ने सो सूचानामा उल्लेख गरिएको छ । सूचना अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट कार्यक्रममा पकेट समिति गठन भई स्थापना भएका तरकारी बाली पकेट समिति कृषकहरुले चालू आर्थिक वर्ष २०७९/०८० मा सहभागी हुन सक्ने छन् । 

कार्यक्रममा सहभागी हुनका लागि आवश्यक कागजात सहित सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिन सक्ने पालिकाले जनाएको छ ।