close

५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण वितरण गर्दै  क्व्होलासोथार

५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण वितरण गर्दै  क्व्होलासोथार

Trulli
ADVERTISEMENT

लमजुङ  । क्व्होलासोथार गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचनजा जारी गर्दै सो सामग्री वितरण गर्ने जनाएको हो । 

सूचना अनुसार चालु आर्थिक वर्षमा सञ्चालन भएको कार्यक्रम अन्तर्गत हाते ट्याक्टर, धान कुट्ने मिल, घाँस काट्ने र रुख काट्ने मेसिन वितरण गर्न लागेको हो । 

अनुदान लिन चाहने व्यक्ति, सहकारी संस्था, कृषि समूह, कृषि सहकारीले सूचना प्रकासित भएको २० दिनभित्र आवेदन दिन सो सूचनामा उल्लेख गरिएको छ ।