close

बाख्रा पकेट विकासका कार्यक्रमको लागि आवेदन माग

बाख्रा पकेट विकासका कार्यक्रमको लागि आवेदन माग

Trulli
ADVERTISEMENT

रोल्पा । लुंग्री गाउँपालिकाले बाख्रा पकेट विकास कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार चालू आर्थिक वर्षको संघीय सरकारको सर्शतको बाख्रा पकेट विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिले माघ ३ गतेभित्र आवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको जनाइएको छ । 

कार्यक्रम सञ्चालन गर्ने समूह, महिला समूह, सहकारी संस्थाले पाँच वर्षको लागि जग्गा भाडामा लिएको कागजको प्रतिलिपि, संस्था नविकरणको प्रतिलिपी आवश्यक पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।