close

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती

Trulli
ADVERTISEMENT

बागलुङ । बागलुङ नगरपालिकाले छात्रवृत्तीको लागि आवेदज माग गरेको छ । नगरपालिकाले पदमसिंह विश्वकर्मा  छात्रवृत्तीको लागि आवेदन माग गरेको हो ।  

नगरपालिकाको अनुसार कक्षा १० उत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्न चाहने स्थानीयलाई सो छात्रवृत्ती दिन लागेको हो । पालिकामा स्थायी रुपमा बसोबास गर्ने विपन्न, दलित, तथा जेहेन्दार विद्यार्थीले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।  

इच्छुक व्यक्तिले माघ ५ गतेभित्र आवदेन दिन सक्ने छन् । नगर शिक्षा, युवा तथा खेलकुद शाखामा फाराम लिएर आवेदन दिन सक्ने पालिकाले जनाएको छ ।