close

नदिजन्य सामग्री संकलनको लागि समयावधि निर्धारण

नदिजन्य सामग्री संकलनको लागि समयावधि निर्धारण

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाले नदिजन्य पदार्थ संकलनको लागि समयावधि निर्धारण गरेको छ । उपमहानगरपालिकाले ढुंगा, गिटी र बालुवालाई संकलन गर्नको लागि समयावधि निर्धारण गरेको हो । 

उपमहानरपालिकाले पालिका क्षेत्रमा वगेर जाने नदिजन्य सामग्री संकलनको लागि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मको समयावधि तोकेको छ । उपमहानगरपालिकाले गत असोज महिनादेखि सो सामग्री संकलनको लागि कर उठाउँदै आएको छ । 

सोभन्दा अन्य समयमा सामग्री संकलन गरेमा कानुन बमोजिक सजाय गरिने उपमहानगरपालिकाले जनाएको छ ।