close

तरकारी बाली पकेट कार्यक्रमका लागि आवेदन माग

तरकारी बाली पकेट कार्यक्रमका लागि आवेदन माग

Trulli
ADVERTISEMENT

तनहुँ । भानु नगरपालिकाले तरकारी बाली पकेट विकास कार्यक्रममा सहभागी हुन स्थानीयलाई अनुरोध गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार चालू आर्थिक वर्षको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत नयाँ तरकारी बाली पकेट विकास कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

सो कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्ति, सहकारी संस्था, कृषि समूह तथ महिला समूहले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । आवश्यक कागजातसहित सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन बुझाउन अनुरोध गरेको छ ।