close

किसान सूचीकरणका लागि गणक माग

किसान सूचीकरणका लागि गणक माग

Trulli
ADVERTISEMENT

स्याङजा । चापाकोट नगरपालिकाले गणक कर्मचारी माग गरेको छ । नगरपालिकाले किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्नको लागि १० जना गणक माग गरेको हो । 

नगरपालिकाका अनुसार चालू आर्थिक वर्षमा संघीय सरकारमार्फत सो कार्यक्रमको लागि बजेट विनियोजन गरिएको छ । सो कार्यक्रम पालिकाभित्रका १० वटै वडामा लागू हुने जनाइएको छ । 

आवेदन दिन इच्छुक व्यक्तिले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र फाराम भर्नु पर्ने उल्लेख गरिएको छ । आवेदन दिन चाहने व्यक्तिले कम्तिमा कक्षा १२ उत्तीर्ण भई कम्प्युटरसम्बन्धि तीन महिने तालिम लिएको हुनु पर्ने  नगरपालिकाले जनाएको छ ।