close

विपन्न परिवारका लागि अनुदानमा गाई

विपन्न परिवारका लागि अनुदानमा गाई

Trulli
ADVERTISEMENT

दोलखा । भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम लागू गर्न लागेको जनाएको छ ।

नगरपालिकाको अनुसार चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप एकल महिला तथा विपन्न परिवारलाई साझेदारीमा गाई वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने एकल महिला तथा विपन्न परिवारले सूचना प्रकासित भएको १५ दिन भित्र माग आवेदन भर्न अनुरोध गरेको छ । 

कार्यक्रमको लागि नगरपालिकाले ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले ५० प्रतिशत लागत व्यहोर्नु पर्ने नगरपालिकाले जनाएको छ ।