close

व्यवस्थित पशु वध गर्न पालिकाको निर्देशन

व्यवस्थित पशु वध गर्न पालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

रोल्पा। माडी गाउँपालिकाले पशु वध कार्यलाई व्यवस्थित गर्ने निर्णय गरेको छ। घर्तिबजार आसपासका क्षेत्रमा अव्यवस्थित पशु बध गरेर दुर्गन्ध बढेको गुनासो पालिकामा दर्ता बढपछी वध कार्य व्यवस्थित गर्न पालिकाले निर्देशन दिएको छ। 

यस अघिपनि वध कार्य व्यवस्थित गर्न सुचना जारी गरेको पालना नगरेकाले पालिकाले पुनः निर्देशन दिएको हो। 

शनिबार पालिकाले सुचना जारी गर्दै १५ दिन भित्र वध कार्य व्यवस्थित गर्न निर्देशन दिएको छ। तोकिएको समयमा व्यवस्थित नगरेमा रु पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गर्ने पालिकाले जनाएको छ।

बजार क्षेत्रभन्दा २०० मिटर बाहिर व्यवस्थित रुपमा गर्न पालिकाले सोही सुचनामार्फत जानकारी दिएको छ।