close

अनधिकृत संरचना हटाउन गौरीगंगाको निर्देशन

अनधिकृत संरचना हटाउन गौरीगंगाको निर्देशन

Trulli
ADVERTISEMENT

कैलाली । गौरीगंगा नगरपालिकाले अनधिकृत रुपमा राखिएका संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको हो । 

सूचना अनुसार नगरपालिकाभित्रका मुख्य सडक तथा सहायक सडकहरुको छेउमा अनधिकृत रुपमा राखिएका ठेला छाप्राहरु, निर्मित टहरा, टिनका टहरा र निर्माणलगायतको सामग्री हटाउन निर्देशन दिएको हो । नगरपालिकाले सूचना प्रकासित गरेको ३५ दिनभित्र सो सामग्री हटाउनु पर्ने जनाइएको छ । 

सो सामग्री नहटाएमा कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।