close

आधिँखोलामा पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

आधिँखोलामा पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

Trulli
ADVERTISEMENT

स्याङ्जा । आधिँखोला गाउँपालिकाले माध्यमिक तह पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा माघ १३ गते शुक्रबार हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार प्रतियोगिता पालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विद्यालयका कक्षा ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीहरुले सहभागी जनाउन सक्ने छन् । एउटा विद्यालयको एक समूहमा ३ जना हुनु पर्ने पालिकाले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले माघ १२ गते दिउँसो १ बजेसम्म आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।