close

वडाको सेवा जनताको घरघरमा

वडाको सेवा जनताको घरघरमा

Trulli
ADVERTISEMENT

खोटाङ । केपिलासगढी गाउँपालिकाको वडा नम्बर २ ले घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयले यही माघ १५ गते आइतबारदेखि शिविर सञ्चालन गर्न लागेको जनाइएको छ । 

वडा कार्यालयको अनुसार वडास्तरीय विविध घुम्ति सेवा शिविर कार्यक्रम जनताको घरदैलोमा दिने मनसायले सो शिविर सञ्चालन गर्न लागेको हो । 

वडा अध्यक्ष मिलन कुमार राईका अनुसार जनताको सेवामा सहज बनाउनको लागि सो शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा मालपोत संकलन, स्वास्थय परिक्षण तथा औषधि वितरण, घटना दर्ता सूचना संकलन, कषि तथा पशु परापर्श तथा अन्य सेवाहरु दिइने उनले बताए । 

उनले चारदिनसम्म विभिन्न स्थानमा सञ्चालन हुने शिविरमा वडास्तरीयबाट दिने सेवा वितरण हुने जनाएको छ ।