close

पाडी तथा बाच्छी हुर्काउन महानगरको अनुदान

पाडी तथा बाच्छी हुर्काउन महानगरको अनुदान

Trulli
ADVERTISEMENT

कास्की। पोखरा महानगरपालिकाले पाडी तथा बाच्छी हुर्काउनका लागि प्रोत्साहन अनुदान दिने भएको छ। एक वर्ष उमेर पुगेका पाडी तथा बाच्छीलाई हुर्काउन महानगरले अनुदान दिन लागेको हो। एकजना कृषकले ५ वटा सम्म पशुहरूको अनुदान दिने महानगरले एक सुचना जारी गर्दै जनाएको छ । 

पाडी तथा बाच्छीलाई एक वेत ब्याउने बेलासम्म व्यवस्थित तरिकाबाट पालन गर्नेलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम सञ्चालन गरिएको हो।

महानगरपालिका भित्रका इच्छुक कृषक, फर्म, समूह, सहकारी र उद्यमीले सूचना प्रकाशन भएको २१ दीन भित्र महानगरले तोकेको ढाँचा अनुसारको आवेदन दिन सक्नेछन्।