close

दलहन प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै मन्थली सरकार

दलहन प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै मन्थली सरकार

Trulli
ADVERTISEMENT

रामेछाप । मन्थली नगरपालिकाले कृषि कार्यक्रमको लागि प्रस्ताव माग गरेको छ । नगरपालिकाले विहिबार एक सूचना जारी गर्दै दलहन प्रर्वद्धन कार्यक्रममा लागि आवेदन माग गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुरुप १० लाख ५० हजारमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, कृषि सहकारी, फार्म तथा कृषि समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।