close

विवरण अध्यावधिक गर्न पनौतीको निर्देशन

विवरण अध्यावधिक गर्न पनौतीको निर्देशन

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले कृषि समूहलाई अध्यावधिक गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित कृषि समूहको अध्यावधिक गर्न अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार कृषि र पशुपन्छि क्षेत्रमा काम गर्ने उदेश्य राखी कार्यपालिकामा दर्ता भएका कृषि समुहलाई अध्यावधिक गर्न  निर्देशन दिएको हो । 

नगरपालिकाले सूचना प्रकासित गरेको पन्ध्र दिनभित्र अध्यावधिक गर्नुपर्ने जनाइएको छ । लेखा परिक्षणको प्रतिवेदन तथा कर चुक्ता, समूह दर्ताको प्रतिलिपि र फारामसहित आवेदन दिनु पर्ने नगरपालिकाले जनाएको छ ।