close

महिलाको लागि नौकुण्डमा सीप विकास तालिम

महिलाको लागि नौकुण्डमा सीप विकास तालिम

Trulli
ADVERTISEMENT

रसुवा । नौकुण्ड गाउँपालिकाले महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक् वर्षको स्वीकृत कार्यक्रम अनुरुप डल्लो साबुन, झोल साबुन, हार्पिक, फिनेल बनाउने सीप विकास तालिम सञ्चालन गर्न लागेको हो । 

सो कार्यक्रममा सहभागी हुनका लागि सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ । नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस र हस्तलिखित निवेदनसहित आवेदन दिनुपर्ने गाउँपालिकाले जनाएको छ ।