close

तरकारी खेती प्रोत्साहनको लागि पोखराको सहयोग

तरकारी खेती प्रोत्साहनको लागि पोखराको सहयोग

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाले बेमौसमी तरकारी खेतीको लागि प्रोत्साहन सहयोग गर्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै बेमौसमी, मौसमी तथा पोलिहाउसभित्र तरकारी खेती विस्तारको लागि प्रोत्साहन सहयोग दिन लागेको हो । 

महानगरपालिकाको अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुरुप महानगर क्षेत्रमा तरकारी खेती गर्ने स्थानीय बासिन्दालाई सहयोग गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्ति, सहकारी संस्था, फार्म तथा समूहले फाल्गुन मसान्तसम्म आवेदन दिन सक्ने जनाइएको छ । तरकारी खेतीको आधारमा स्थानीयलाई सहयोग गर्ने पालिकाले जनाएको छ ।