close

आरुघाटमा कुकुर बन्ध्याकरण शिविर

आरुघाटमा कुकुर बन्ध्याकरण शिविर

Trulli
ADVERTISEMENT

गोरखा । आरुघाट गाउँपालिकाले सामुदायिक तथा घर पालुवा कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कुकुरको लागि बन्ध्याकरण शिविर सञ्चालन गर्ने जनाएको छ । 

गाउँपालिकाको अनुसार मंगलबार बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म पशुसेवा सेवा शाखामा शिविर सञ्चालन गरिने जनाएको छ । 

शिविरको लागि टोलटोलमा कुकुर समात्न जाने गाउँपालिकाले जनाएको छ । सो कार्यका लागि आवश्यक सहयोग गर्न गाउँपालिकाले स्थानीय बासिन्दालाई अनुरोध गरेको  छ ।