close

कृषि उत्पादन केन्द्र कार्यक्रम सञ्चालन गर्दै क्व्होलासोथार

कृषि उत्पादन केन्द्र कार्यक्रम सञ्चालन गर्दै क्व्होलासोथार

Trulli
ADVERTISEMENT

लमजुङ । क्व्होलासोथार गाउँपालिकाले साना व्यवसायिक कृषि उत्पादन  केन्द्र विकास कार्यक्रमका लागि आवेदन माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालनको लागि आवेदन माग गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप तरकारी बालीको साना विकास केन्द्र सञ्चालन गर्न लागेको हो । सो कार्यक्रममा सहभागी हुनका लागि सूचना प्रकासित भएको २० दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

इच्छुक सहकारी संस्था, कृषि फार्म, समूहले सूचना प्रकासित भएको २० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।