close

रोष्टरमा नाम समावेश गर्न पोखराको अनुरोध

रोष्टरमा नाम समावेश गर्न पोखराको अनुरोध

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाले रोष्टरमा नाम समावेश गर्न अनुरोध गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै रोष्टरमा नाम समावेश गर्न अनुरोध गरेको हो । 

महानगरपालिकाको आर्थिक विकाश महाशाखा अन्तर्गत सञ्चालित उद्यमशीलता ,व्यवसाय प्रवर्द्धन र नवप्रवर्द्धन क्षेत्रमा काम गर्ने स्थापित शाखा व्यवसाय प्रवर्द्धन केन्द्रको लागि नाम समावेश गर्न अनुरोध गरेको जनाइएको छ । 

शाखाको सेवालाई व्यवस्थित, अर्थपूर्ण ढङ्गबाट सञ्चालन गर्न उद्यमशीलता व्यवसाय प्रवर्द्धन, नवप्रवर्तन र लगानीका क्षेत्रमा (विषय) विज्ञ ,सफल उद्यमी ,प्रशिक्षक, लगानीकर्ताहरूको सुची तयार गरिने जनाइएको छ । 

सो  विषय वाक्षेत्रमा समावेश भई परामर्श मेन्टरिङ अनुभव आदानप्रदान, लगानीको आधार तथा आवश्यक सरसल्लाहका माध्यमबाट योगदान गर्न इच्छुक महानुभावहरूले आफ्नो विज्ञताको क्षेत्र र सम्बन्धित कागजातहरू सहित आवेदन दिन अनुरोध गरिएको महानगरपालिकाले जनाएको छ ।