close

७० प्रतिशत अनुदानमा मिनी ट्याक्टर वितरण गर्दै आरुघाट

७० प्रतिशत अनुदानमा मिनी ट्याक्टर वितरण गर्दै आरुघाट

Trulli
ADVERTISEMENT

गोरखा । आरुघाट गाउँपालिकाले अनुदानमा मिनी ट्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ७० प्रतिशत अनुदानमा मिनी ट्याक्टर वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुरुप स्थानीय बासिन्दालाई ७० प्रतिशत अनुदानमा मिनी ट्याक्टर वितरण गर्न लागेको हो । सम्बन्धित व्यक्तिले ३० प्रतिशत लगानी गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजात र सम्बन्धित वडा कार्यालयको सिफारिससहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।