close

थुलुङ दुधकोशीले भूमीहिन दलितको लागत संकलन गर्दै

थुलुङ दुधकोशीले भूमीहिन दलितको लागत संकलन गर्दै

Trulli
ADVERTISEMENT

सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिकाको भूमीहिन दलित, भूमीहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई फारम भर्न अनुरोध गरेको छ ।

भूमी आयोगसँग गाउँपालिकाको भएको सम्झौता अनुसार लागत संकलन गर्नुपर्ने भएकाले फारम भर्न अनुरोध गरेको हो।  

भूमीहिन दलित, भूमीहिन सुकुमबासी र अव्यवस्थित बसोबासीको लागत संकलन सम्बन्धी कार्यविधी, २०७८ मा भएको व्यवस्थापन अनुसार निवेदन फारम पेश गर्न पालिकाले सोमबार एक सुचना जारी गर्दै जनाएको छ।

यहि माघ महिनाभित्र वडा कार्यालयमा गएर फारम भर्न भूमीहिन दलित, भूमीहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई पालिकाले अनुरोध गरेको छ।