close

५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दै चाँगुनारायण

५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत साझेदारीमा कृषि सामग्री वितरण गर्ने जनाएको हो । 

नगरपालिकाले अनुदानमा काउ म्याट, मिल्क स्क्यान, मल्टि पर्पोज र च्याफकटर वितरण गर्ने जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने स्थानीय कृषि समूह, व्यवसायिक फार्म, सहकारी संस्थाले माग आवेदन दिन सक्ने जनाएको छ । 

इच्छुक फार्मले आवश्यक कागजातसहित फागुन १६ गतेभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । निर्धारित मिति उपर निवेदन आएमा सोमा कुनै कारबाही नहुने नगरपालिकाले जनाइएको छ ।