close

५० प्रतिशत अनुदानमा मौरी गोला वितरण गर्दै मुसिकोट

५० प्रतिशत अनुदानमा मौरी गोला वितरण गर्दै मुसिकोट

Trulli
ADVERTISEMENT

रुकुम । मुसिकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीगौलासहितका घार माग गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीयलाई अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप निवेदन माग गरिएको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले नगरपालिकाको कृषि शाखामा आवेदन दिन सक्ने छन् । 

सूचना अनुसार फागुन ४ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । छनोट भएका व्यक्तिलाई ५० प्रतिशत साझेदारीमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।