close

बेरोजगारी व्यक्तिमा सूचीकृत हुन नौबहिनीको अनुरोध

बेरोजगारी व्यक्तिमा सूचीकृत हुन नौबहिनीको अनुरोध

Trulli
ADVERTISEMENT

प्यूठान । नौबहिनी गाउँपालिकाले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन माग गरेको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै निवेदन माग गरेको हो । 

गाउँपालिकाको अनुसार प्रधानमन्त्री रोजगारी कार्यक्रममा सहभागी गराउनका लागि आवेदन माग गरेको हो । सूचीकृत भएका व्यक्तिलाई सो कार्यक्रममार्फत १०० दिन रोजगारी दिने गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले फागुन १ गतेदेखि ३० गतेभित्र आवेदन दिनुपर्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा आवेदन दिनु पर्ने छ ।