close

फुटपाथ हटाउन वीरेन्द्रनगरको निर्देशन

फुटपाथ हटाउन वीरेन्द्रनगरको निर्देशन

Trulli
ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले फुटपाथ पसल हटाउन निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

माघ २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने दास्रो राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नवितम प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सवका लागि स्थल निर्माण गरिएको छ । सो स्थल बाहिर अव्यवस्थित रुपमा बाटो अतिक्रमण गरी फुटपाथ पसल सञ्चालन गरेकोले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको छ । 

ट्राफिक व्यवस्थापन तथा बाटो आवतजावतमा सहज बनाउनका लागि फुटपाथ पसल हटाउन पालिकाले निर्देशन दिएको हो ।