close

१०० दिने रोजगारीका लागि बेरोजगारी सूचीमा सूचीकृत हुन अनुरोध

१०० दिने रोजगारीका लागि बेरोजगारी सूचीमा सूचीकृत हुन अनुरोध

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाले बेरोजगार सूचीमा सूचीकृत हुन अनुरोध गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै बरोजगार सूचीकृत हुन अनुरोध गरेको हो । 

महानगरपालिकाको अनुसार प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत १८ वर्ष पुरा भएका ५९ वर्ष ननाघेका व्यक्तिलाई चालू आर्थिक वर्षमा न्यूनतम रोजगारीमा आबद्ध भई सामुदायिक तथा अन्य कार्यमा सहभागी गराउन बेरोजगारीमा सूचीकृत हुन अनुरोध गरिएको हो । 

कार्यक्रममा सहभागी हुने व्यक्तिलाई बार्षिक १०० दिने रोजगारी प्रदान गरिने महानगरपालिकाले जनाएको छ । स्थानीय बासिन्दाको जीवनस्तर उकास्नको लागि सो कार्यक्रम ल्याइएको महानगरपालिकाले जनाएको छ । 

इच्छुक व्यक्तिले आवश्यक कागजातसहित महानगरपालिकाको वेभसाइटमा आवेदन दिन सक्ने जनाइएको छ  ।