close

सूचना अधिकारी तोक्न मालिकाको निर्देशन

सूचना अधिकारी तोक्न मालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

गुल्मी । मालिका गाउँपालिकाले सम्पूर्ण कार्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।  गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित सम्पूण सरकारी, गैरसरकारी तथा अर्धसरकारी निकायमा सूचना अधिकारी तोक्न निर्देशन दिएको हो । 

गाउँपालिकाको अनुसार पालिकाको क्षेत्रभित्र सञ्चालन भई स्थानीय बासिन्दालाई सेवा तथा सुविधा वितरण गर्दै आएको संघसंस्थाको गतिविधि र सेवा प्रवाहसम्बन्धि जानकारी वा सूचना दिनको लागि अधिकारी तोक्न निर्देशन दिइएको हो । सूचना सम्बन्धि हक २०६४ को दफा ६ र सूचनाको हकसम्बन्धी नियमावली २०६५ को  २४ बमोजिम अधिकारी तोक्न निर्देशन दिएको गाउँपालिकाले जनाएको छ । 

पालिकाले सूचना प्रकासित भएको ७ दिनभित्र तोकिएको ढाँचा बमोजिम आवेदन दिनु पर्ने गाउँपालिकाले जनाएको छ ।