close

बेरुजु रकम फर्छ्यौट गर्ने पालिकाको निर्देशन

बेरुजु रकम फर्छ्यौट गर्ने पालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

रोल्पा। लुङ्ग्री गाउँपालिकाले बेरुजु रकम फर्छ्यौट गर्न निर्देशन दिएको छ । गाउँपालिकाको महालेखापरिक्षकको वार्षिक प्रतिवेदन २०७५, २०७७, २०७८, २०७९ अनुसार असुल उपर गर्नुपर्ने भनि उल्लेख भएका बेरुजु रकम फर्छ्यौट गर्न पालिकाले शुक्रबार एक सुचना जारि गर्दै निर्देशन दिएको हो। 

बेरुजु रकम फर्छ्यौट गर्न बाँकी रहेका कर्मचारी, वहालवाला तथा पूर्व जनप्रतिनिधि, निर्माण व्यवसायी, उपभोक्ता समितिका पदाधिकारि तथा अन्य सम्पुर्ण बेरुजु लगत भएका व्यक्तिलाई आफ्नो नाममा रहेको बेरुजु रकम २१ दिन भित्र दाखिल गरि फर्छ्यौट गर्न पालिकाले निर्देशन दिएको हो। 

तोकिएको समयमा बेरुजु रकम दाखिल नगरेमा आर्थिक कार्यविधि तथा वित्तिय दायित्व ऐन २०७६, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली ऐन २०७७ तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही अगाडी बढाउने पालिकाले सुचना मार्फत चेतावनी दिएको छ ।