close

धनगढीमाईमा ६४ जना कर्मचारी माग

धनगढीमाईमा ६४ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ६४ जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप किसान सूचीकरण तथा वर्गीकरण कार्यक्रम अन्तर्गत तथ्यांक संकलनका लागि कर्मचारी माग गरिएको हो । 

नगरपालिकाको अनुसार वडा नम्बर १ देखि ४ सम्म सूचीकरण र १ देखि १४ वटै वडामा बर्गीकरणका लागि ६४ जना कर्मचारी माग गरिएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । छोटो सूचीमा परेका व्यक्तिलाई अन्तवार्तामार्फत छनोट गरिने नगरपालिकाले जनाएको छ ।