close

आँधिखोलामा करार सेवामा कर्मचारी माग

आँधिखोलामा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

स्याङ्जा। आँधिखोला गाउँपालिकाले करार सेवामा कर्मचारीको माग गरेको छ।

गाउँपालिकाले प्राविधिक सहायक पद(स्थानिय सहायक पाँचौँ स्तर सरह) मा एकजना कर्मचारीको माग गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित रोजगार सेवा केन्द्रको लागि उक्त पदमा करार सेवाको लागि कर्मचारी माग गरिएको हो।

गाउँपालिकाले बुधबार एक सुचना जारी गरि सुचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिन तोकिएको योग्यता पुगेका नेपाली नागरिकलाई अनुरोध गरेको छ।