close

महिलाको लागि नौमती बाजा बजाउने सिपमुलक तालिम

महिलाको लागि नौमती बाजा बजाउने सिपमुलक तालिम

Trulli
ADVERTISEMENT

झापा। भद्रपुर नगरपालिकाले महिलाको लागि नौमती बाजा बजाउने सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ। पालिकाले विपन्न तथा असहाय महिलाहरुका लागि नौमती बाजा बजाउने सात दिने तालिम सञ्चालन गर्न लागेको हो। 

पालिकाले बुधबार एक सुचना जारी गर्दै तालिममा सहभागी हुन इच्छुक महिलाले यही फागुन १७ गते भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न अनुरोध गरेको छ। 

नगरपालिकाले दुईवटा समुहलाई तालिम दिने र। एउटा समुहमा २० जना हुनुपर्ने जनाएको छ।