close

मेलमिलापकर्ताको रुपमा सुचीकृत हुन अनुरोध

मेलमिलापकर्ताको रुपमा सुचीकृत हुन अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले मेलमिलापकर्ताको रुपमा सुचीकृत हुन अनुरोध गरेको छ । नगरपालिकाको न्यायिक समितिको मेलमिलाप कर्तामा सुचिकृत हुन अनुरोध गरेको हो।

इच्छुक मेलमिलाप सम्बन्धी तालिम प्राप्त व्यक्ति तथा मेलमिलाप परिषद्बाट स्विकृत प्राप्त गरेका मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले आवेदन दिन सक्ने छन् । नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै ३० दिन भित्र सुचिकृत हुनका लागि निवेदन पेश गर्न अनुरोध गरेको छ। 

निवेदन फारम गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिको सचिवालयमा सम्पर्क गरि पाउन सकिने सुचनामार्फत जानकारी दिइएको छ।