close

एक महिने लोकसेवा कक्षा सञ्चालन गर्दै परशुराम

एक महिने लोकसेवा कक्षा सञ्चालन गर्दै परशुराम

Trulli
ADVERTISEMENT

डडेल्धुरा । परशुराम नगरपालिकाले लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्न लागेको छ । नगरपालिकाको आयोजनामा फागुन १५ गतेदेखि तयारी कक्षा सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार स्थानीय बासिन्दालाई एक महिने कक्षा सञ्चालन गर्न लागेको हो । कक्षामा लोकसेवा तथा शिक्षक सेवा सम्बन्धि आवश्यक जानकारी दिइने नगरपालिकाले जनाएको छ । 

कक्षा वडा नम्बर १२ को आइसोलेसन भवनमा बिहान ११ बजेदेखि सञ्चालन हुने जनाइएको छ । सो कक्षा सञ्चालनको लागि नगरपालिकाले केही महिना अगाडि आवेदन माग गरेको नगरपालिकाले जनाएको छ ।