close

वैकल्पिक सडक प्रयोग गर्न वडा सरकारको अनुरोध

वैकल्पिक सडक प्रयोग गर्न वडा सरकारको अनुरोध

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा सरकारले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । नगरपालिकाको वडा नम्बर ८ को वडा कार्यालयले एक सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न स्थानीयलाई अनुरोध गरेको हो । 

सूचना अनुसार वडा नम्बर ८ स्थित भत्केको पाटी जितपुर रातोपाटी कलमसी नगरकोट सडकखण्ड अन्तर्गत मुलसाँघु पुलदेखि कालीओपी डिलसम्मको सडक कालोपत्रे हुने भएकोले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो  । 

फागुन १५ गतेदेखि सो सडक कालोपत्रेको कार्य नसकेसम्म अन्य सडक प्रयोग गर्नको लागि अनुरोध गरिएको वडाध्यक्ष जनक खत्रीले बताएका छन् । सो सडकको प्रयोग गरी आवातजावत गर्ने यातायाले दक्षिणकाली मार्ग र गणेश मन्दिरको सडक प्रयोग गर्न सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।