close

गोकर्णेश्वरमा मिट मार्ट स्थापना हुने

गोकर्णेश्वरमा मिट मार्ट स्थापना हुने

Trulli
ADVERTISEMENT

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले मिट मार्ट स्थापना गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मिट मार्ट स्थापना गर्न लागेको जनाइएको छ । 

नगरपालिकाको सूचना अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकामा स्वच्छ र स्वस्थकर मासु उत्पादन गरी उपभोक्ता समक्ष पुर्याउने उदेश्यले मिट मार्ट स्थापना गर्न लागेको हो । 

मिट मार्ट स्थापना गर्न चाहने व्यक्ति तथा व्यवसायीले सूचना प्रकासित भएको २१ दिनभित्र माग आवेदन बुझाउन सक्ने नगरपालिकाले जनाएको छ । आवश्यक कागजातसहित पालिकामा आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

सोका लागि नगरपालिकाले २९ लाख ७० हजार अनुदान रकम विनियोजन गरिएको जनाइएको छ ।