close

५० प्रतिशत अनुदानमा धान र मकै वितरण गर्दै मुसिकोट

५० प्रतिशत अनुदानमा धान र मकै वितरण गर्दै मुसिकोट

Trulli
ADVERTISEMENT

रुकुम । मुसिकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा धान र मकैको वीउ वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै साझेदारी कार्यक्रम अन्तर्गत ५० अनुदानमा धान र मकै वितरण गर्ने जनाएको हो । 

नगरपालिकाको सूचनाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने सहकारी संस्था, फार्म, कृषकले फागुन २४ गतेभित्र माग आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

सो कार्यक्रमको लागि पालिकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।